काठमाडौं– विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरोधी खोप लगाइएको छ । कोरोनाविरुद्ध सबभन्दा बढी खोप लगाउनेमा चीन छ । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज खोप लगाइएको छ ।
दोस्रो नम्बरको भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज लगाइएको छ । ब्राजिलमा १० करोड १३ लाख ९४ हजार ६५० डोज खोप लगाइएको प्राप्त समाचारमा उल्लेख छ ।
बेलायतमा सात करोड ९९ लाख ७० हजार र जर्मनीमा सात करोड ७८ लाख ८२ हजार ४१४ डोज खोप लगाइएको छ । त्यसैगरी, फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज, इटालीमा पाँच करोड ६१ लाख ५६ हजार १०८ डोज खोप लगाइएको छ ।
टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज र जापानमा पाँच करोड ८ लाख ७० हजार ९६३ डोज खोप लगाइएको छ ।









