काठमाडौं– जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जनमा बदमासी गरेको भन्दै जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको समाचार आएको छ ।
मित्सुबिसीले सोमबार सोको पुष्टि गरेको प्राप्त समाचारमा जनाइएको छ । जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी कारहरू संलग्न भएको संदिग्ध डिजेल उत्सर्जनको अनुसन्धानको हिस्साको रूपमा १० ठाउँमा छापा मारेका थिए ।
मित्सुबिसी मोटर्सले सोमबार फ्रान्कफर्ट अभियोजन कार्यालयले मार्चको अन्तिम साता दुई करोड ५० लाख युरो जरिवाना सूचना जारी गरेको जनाएको छ ।
फर्मका प्रवक्ताले एएफपीलाई भने, ‘हामीले सोविरूद्ध अपिल भने गरेका छैनौं जरिवाना रकम मार्चको अन्त्य पहिल्यै भुक्तान गरिएको थियो ।’
उत्सर्जनमा मापदण्डहरु जानाजान उल्लंघन गरिएको थियो भन्ने विषयमा आदेशले त्यस्तो कुनै प्रमाण फेला नपारेको तथा कुनै जालसाजी व्यवहारको पहिचान नभएको उनले बताए ।
ब्लुमबर्ग न्युजले यसैबीच फ्रान्कफर्ट अभियोजन पक्षका एक प्रवक्तालाई उल्लेख गर्दै जरिवाना तिरेको अभियोगमा अनुसन्धान समाप्त भएको जनाएको छ । मुद्दालाई मार्चमा अन्त्य गरिएको थियो । तर यसलाई सोमबार पहिले खुलासा नगरिएको ब्लुमबर्गले लेखेको छ ।
यस छानवीनले १.६ र २.२ लिटर इन्जिनसहितका मित्सुबिसी डिजल गाडीको ध्यान केन्द्रित गरेको छ । ती गाडीले उत्सर्जन मापदण्डको पालनाका आधारमा जर्मनीको उच्चतम युरो–५ र युरो–६ गुणस्तर दर प्राप्त गरेका थिए ।
अभियोजकहरूले इन्जिनहरू तथाकथित ‘सटडाउन’ उपकरणद्वारा बनेका छन् ता कि उनीहरूको ल्याब परीक्षणहरूमा उनीहरू सडकमा भन्दा कम प्रदूषणकारी देखा पर्छन् भनेका छन् ।
सन् २०१५ मा फोक्सवेगन समूहको प्रदूषण परीक्षणको लागि ११ करोड गाडीमा सफ्टवेयर जडान गर्न स्वीकार गरेको ‘डिजेलगेट’ घोटालामा मित्सुबिसीको अनुसन्धान मात्र एउटा यस्तो कदम थियो ।









