बेइजिङ– कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ ।

चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ संक्रमित भेटिएको नेसनल हेल्थ कमिसनले शनिबार जानकारी दिएको छ । ती संक्रमितहरु चीन भित्रैबाट संक्रमणमा परेका पाइएको बताइएको छ ।

चीनको जाङ्सु र लियानिङमा ती संक्रमित पाइएको बताइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ संक्रमितहरु देखिने गरेका छन् ।

चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी संक्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।

चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् । स्थानीय नागरिकमै संक्रमण देखिएपछि नेसनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।

चीनले कोरोना निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्तामा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि संक्रमित देखिएका छन् ।

त्यसैले चीनले विशेषगरी ती क्षेत्रमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरुको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय