लन्डन– कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को संक्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्न थालेको छ ।

यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ ।

पछिल्लो २४ घन्टामा १४६ जनाको संक्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो ।

अधिकारीले गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको तथ्यांकले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबारमात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।

यो समेत गरी हालसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । बेलायतमा पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ ।

कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन यहाँको सरकारले भनिरहेको छ । संक्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।

स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा २३ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको बताएका छन् ।

यो समेतगरी अहिलेसम्म ६१ लाखभन्दा बढी संक्रमित भएका छन् । बेलायत सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई पनि प्राथमिकतामा अघि बढाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय