नयाँ दिल्ली– कुनै बेला भारतीय सिनेमा ‘नायक’मा बलिवुड कलाकार अनिल कपुर भारतको एक दिनका मुख्यमन्त्री बनेको थिए । भारतमा आज राष्ट्रिय बाल दिवसका दिन हरिद्वारकी सृष्टि गोस्वामी उत्तराखण्डकी एक दिने मुख्यमन्त्री बनेकी छिन् ।

मुख्यमन्त्री स्वयम् त्रिवेन्द्रसिंह रावत देहरादुनमा संसद भवनमा बाल दिवसको उद्घाटन गर्दै सृष्टिलाई मुख्यमन्त्री पदको जिम्मेवारी दिनेछन् । सृष्टिले रावत सरकारमा चलिरहेको योजना तथा परियोजनाहरुको समीक्षा गर्नेछिन् ।

भारतीय अखबार नवभारत टाइम्सका अनुसार एक दिनका लागि मुख्यमन्त्री बनाइएकी गोस्वामीलाई  करिब एक दर्जन विभागीय अधिकारीले आ–आफ्ना प्रोजेक्टका बारेमा छोटो जानकारी दिनेछन् ।

१९ वर्षीया सृष्टि हरिद्वारको दौलतपुरकी स्थानीय हुन् भने सोही स्थानमा रहेको बिएसएम पिजी कलेजको बिएस्सी कृषि संकायको ७औं सेमेस्टरकी छात्रा हुन् ।

उनका पिता सानो व्यापारमा आवद्ध छन् । सृष्टि गोस्वामी यसअघि २०१८ मा भएको बाल विधानसभामा कानुन बनाउन चुनिएकी थिइन् ।

२०१९ मा भारतको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा भएको गल्र्स इन्टरनेसनल कार्यक्रममा भाग लिएकी थिइन् । उनले दुई वर्षअघिदेखि आरम्भ नामक कार्यक्रम चलाउँदै आएकी छिन् । यसले गरिब छात्राका लागि पढ्न सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय