काठमाडौं– आइतबार स्थानीय बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ६०० र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी शुक्रबारकै मूल्य एक हजार २६० रुपैयाँमा किनबेच भइरेहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय