काठमाडौं– ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

कम्युनिस्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । कुल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र हजारौं मानिसले विजय जुलुश निकालेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनका प्रतिद्धन्द्धी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाएका थिए । उनीहरुका बीचमा १२ प्रतिशत मत अन्तर थियो ।

विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११–१२ मा विद्यार्थीहरुले गरेको आन्दोलनमा उनको मुख्य भूमिका खेलेका थिए ।
त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका थिए ।

त्यसैगरी, सन् २०१७ मा पनि उनी सवैभन्दा धेरै मतसहित विजयी भएका थिए । अहिले फेरि सरकारबिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो ।

निर्वाचनका बेलामा आफू निर्वाचित भएमा चिलीमा स्थिर अर्थव्यवस्था अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय