काठमाडौं– नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा बुधबार एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन पुष्टि भएका ९२ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्रले जानकारी दिइन् । यसअघि नेपालमा दुई जनामा यो भेरियन्ट पुष्टि भएको थियो ।

गत २४ घन्टामा कुल सात हजार २३३ नमूनाको पीसीआर परीक्षण गर्दा २१७ जना संक्रमित भएका पाइएको छ । चार हजार ४३ जनाको एन्टिजीन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्ला २४ घन्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

चार हजार ९४८ होम आइसोलेसन र संस्थागत २३७ गरी पाँच हजार १८५ जना आइसोलेसनमा रहेका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय