नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका संक्रिमत विरामीको संख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो । सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

पछिल्लो २४ घन्टामा दिल्लीका २९० थप व्यक्ति संक्रमित भएको पुष्टि भएको छ । उक्त संख्या पछिल्लो ६ महिना यताकै सर्वाधिक भएको बताइएको छ । पछिल्लो २४ घन्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय संक्रमितको संख्या एक हजार १०० भन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घन्टामा करिब सात हजार नयाँ संक्रमणका घटना देखिएको सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय