काठमाडौं– इंग्लिस फुटबल क्लब चेल्सीले मेनेजर फ्रयांक लाम्पार्डलाई बर्खास्त गरेको छ । उनी १८ महिनादेखि उक्त क्लबका मेनेजर थिए । उनको टाउँमा चेल्सीले पेरिस सेन्ट–जर्मन बोस थोमस टुचेललाई ल्याउने अनुमान गरिएको एजेन्सीहरुले लेखेका छन् ।

४२ वर्षीय लाम्पार्डको अन्तिम खेल आइतबारको एफए कप थियो । उक्त खेलमा चेल्सीले लुटोनलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

लाम्पार्ड सन् २०१९ को जुलाईमा तीन वर्षका लागि उक्त क्लबको मेनेजर नियुक्त भएका थिए । चेल्सीले लाम्पार्ड हटाउने निर्णय गर्न निकै कठिन भएको जनाएको छ । उक्त क्लबको हेड कोचको रुपमा लाम्पार्डले गरेको योगदानप्रति चेल्सीले कृतज्ञता पनि ज्ञापन गरेको छ । ‘तर पछिल्लो परिणाम र कार्यसम्पादनले क्लबको अपेक्षा पूरा गर्न सकेन, क्लबलाई दिगो सुधारको बाटो नदेखाइकनै मजधारमा राखिदियो,’ चेल्सीले विज्ञप्तिमा भनेको छ ।

चेल्सीका मालिक रोमन अब्रामोभिचले अहिले हटाइए पनि पनि लाम्पार्डको स्तर उक्त क्लबमा महत्त्वपूर्ण छविका रुपमा रहिरहने बताए । अब्रामोभिच लाम्पार्डसँग आफ्नो व्यक्तिगत सम्बन्ध अत्यन्तै राम्रो रहेको उनीप्रति उच्च सम्मान रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय