काठमाडौं– संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्न थाथेको छ । यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक भनेका छन् । पछिल्लो समाचार अनुसार यहाँ अघिल्लो साता कोभिडका कारण हुने मृत्यु बढेको छ । बुधबार मात्र यहाँ २४ घन्टामा कोभिडबाट २ हजारभन्दा बढीको ज्यान गएको छ ।
बुधबारको तथ्यांक अनुसार यहाँ एकै दिन कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । कोभिड संक्रमितको संख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ ।
यहाँ दैनिक ६ लाखभन्दा बढी संक्रमित पाइने गरेका छन् । अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । अमेरिकामा विश्वमै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने संक्रमण दर पनि धेरै रहेको पाइएको छ ।
यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजारभन्दा बढीको ज्यान गएको छ । विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो ।









