चितवन– उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका दीपेन श्रेष्ठ (हीरा) विजयी भएका छन् । माघ १८ र १९ गते भएको संघको १०औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् ।

श्रेष्ठले ७९९ मत प्राप्त गरे । उनका प्रतिस्प्रर्धी प्रगतिशील समूहका शेषकुमारी ओली सडौलाले ४७६ मत प्राप्त गरिन् । मंगलबार बिहान आएको अन्तिम मतपरिणाम अनुसार वाणिज्यतर्फ विक्रम खड्का, कुमार खनाल, विनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् ।

उद्योगतर्फ जगतबहादुर पाण्डे, शंकर कँडेल, किरण बुर्लाकोटी, कृष्णबहादुर श्रेष्ठ, अनुप अधिकारी र विक्रम चौधरी विजयी भए । अधिवेशनमा एक हजार ४३० सदस्यले मतदात गरेका थिए । यसअघि सर्वसम्मत रुपमा एसोसिएट सदस्यमा शिवराज उप्रेती निर्वाचित भएका थिए । एसोसिएट सदस्य संघको तृतीय उपाध्यक्ष हुने व्यवस्था छ । अन्य पदाधिकारीको चयन भने बैठकबाट गरिने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय