काठमाडौं– साताको तेस्रो दिन सेयर बजारको तथ्यांकीय मापक नेप्से ६५ बिन्दुले उकालो लागेको छ । यस दिन कारोबार बन्द हुँदा नेप्से २४७३ बिन्दुमा पुगेको छ ।

यस दिन होटल बाहेक सबै समूहको उपसूचक बढेको छ । निर्जीवन बिमा समूहको उपसूचक ६२६ बिन्दुले उकालो लागेको छ भने जीवन बिमा समूहले यसलाई पछ्याएको छ । जीवन बिमा समूहको उपसूचक ५९४ बिन्दुले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार बढी कमाउनेमा युनाइटेड, प्रभु इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ता परे । उनीहरुको सेयर सम्पत्ति १० प्रतिशतले बढेको छ । एकै दिन ९ प्रतिशतभन्दा धेरैले सम्पत्ति बढाउने १७ कम्पनीमा अधिकांश बिमा क्षेत्रका छन् ।

दोस्रो बजारमा मंगलबार ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको १४ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय