काठमाडौं– एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा कुरा गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले विन्टर अफरअन्तर्गत लोकल दरमै भारत कल गर्न पाइने गरी दैनिक र तीनदिने सहुलियत प्याक ल्याएको हो ।

दैनिक भ्वाइस प्याकअन्तर्गत २५ रुपैयाँमा भारतका कुनै पनि नम्बरमा १० मिनेट कल गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, तीनदिने सहुलियत दरको भ्वाइस प्याक १४ रुपैयाँमा खरिद गर्न सकिनेछ । उक्त प्याक अन्तर्गत १.९९ प्रतिमिनेटको दरले भारतमा कल गर्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय