नयाँ दिल्ली– भारतका एकजना मन्त्रीले रुसबाट ग्यास किनिरहेको युरोपले रुससँग तेल किनेको निहुँमा भारतलाई अन्यथा सोच्नु उचित नहुने बताएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले युरोपको राजनीतिक आँखाबाट हेर्दा रूसबाट कच्चा तेल आयात गर्नु हुँदैन भन्नु स्वाभाविक भए पनि भारतका लागि यो सम्भव नभएको बताएका हुन् ।

ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै भारतीय विदेशमन्त्री एस जयशंकरले भने, ‘हामी मानिसहरूलाई रुसी तेल किन्न पठाउँदैनौं, उनीहरूलाई बजारबाट उत्कृष्ट तेल खोजी गर्दा रूसी उत्पादनले पनि स्थान पाउने गरेको हो ।’ जयशंकरले रूसबाट युरोपले निरन्तर ग्यास खरिद गरेको भन्दै भारतले तेल आयात गर्नु कुनै ठूलो भूल नभएको बताए ।

उनले एक प्रश्नको जवाफमा भन्नुभयो, ‘रुसी ग्यास खरिद गर्नु भनेको युद्धलाई आर्थिक सहयोग गर्नु होइन, किनकि यो भारतबाट आउने भारतीय पैसा र फन्ड मात्र होइन । युरोप आउने ग्यास पनि रोकिएको त छैन नि ।’

भारतीय विदेशमन्त्रीले भने, ‘कच्ची तेलको आयात बढ्नुमा विश्व बजारमा देखिएको तेल अभाव र यसको प्रभाव हो ।’

उनले तेल बजारमा तेलको अत्यधिक अभाव रहेको, तेलमा सबैको पहुँच कठिन भएको र भारतजस्तो देशले अरुबाट तेल लिएर नियमितबाहेकका अरु कुनै मुलुकलाई तेल बेचेमा प्रश्न सान्दर्भिक ठहरिने पनि बताए । ‘तर यसो गरिएको छैन,’ उनले भने ।

युरोपको समस्या विश्वको समस्या हो तर विश्वका समस्या युरोपको समस्या होइनन् भन्ने मानसिकताबाट युरोप पछि हट्नुपर्नेमा उनले जोड दिए ।

मन्त्रीले गहुँ निर्यातमा कटौती गर्न हालै गरिएको कदमको बचाउ र औचित्य पुष्टि गर्दै भारतीय गहुँ भण्डारण गरिएको र यो अनुमानित व्यापारका लागि प्रयोग गरिएको उनले बताए ।

‘धेरैजसो हाम्रा छिमेकी बंगलादेश, श्रीलंका जस्ता कम आय भएका देशहरू र खाडी मुलुक जस्ता परम्परागत क्रेताहरू हुन् । उनीहरूले हामीबाट नियमित रूपमा किनमेल गर्छन् । यमन र सुडानले हामीबाट किन्छ । हामीले देखेको कुरा के भने कम आय भएका क्रेतालाई अभावमा पारिएको छ । भारतले वास्तवमा गहुँ किनबेचको लागि भण्डारण गरिरहेका हो । हाम्रो सद्भावका आधारमा उनीहरूले समस्या महसुस गर्ने छैनन्,’ उनले भने ।

उनका अनुसार गहुँ निर्यात रोक्नुको कारण घरेलु मूल्य नियन्त्रण पनि हो । ‘हामी अनावश्यक व्यक्ति वा फर्मलाई भारतीय बजारमा खुला पहुँच दिने छैनौं । हामी अझै पनि यो गर्न खुला छौं जहाँ हामीले आपूर्ति गरेको गहुँ चाहने योग्य देश देख्छौं, हामीले २३ देशहरूमा गहुँ निर्यात गरेका छौं । यस वर्ष निर्यातको दर, गत वर्षको जस्तै अवधिसम्म हेर्नुहोस् । सन्तुलित नै रहनेछ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय