काठमाडौं– छिमेकी चीनले कोभिड–१९ विरुद्धका पाँच लाख डोज खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा चिनियाँ विदेशमन्त्रीले उक्त परिमाणको खोप सहयोग गर्ने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरेका छन् । दक्षिणको छिमेकी भारतले यसअघि नै नेपाललाई १० लाख खोप उपलब्ध गराइसकेको छ । पाँच लाखजनालाई पुग्ने उक्त खोप अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय