काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.६० बिन्दुले ओरालो लागेर २ हजार ४६ दशमलव ८१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९१ बिन्दुले ओरालो लागेर ३९१.५३ कायम भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कम्पनीमध्ये ३२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

यस्तै १७७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँमा खरिद बिक्री भएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख ७ हजार ७५४ बराबर पुगेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको २० करोड ८२ लाख ५६ हजार ७४० बराबरको कारोबार भयो ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन ११ करोड ४८ लाख ४७ हजार ९४७, जीवन विकास लघुवित्त ६ करोड ५५ लाख ५५ हजार ३००, एनआइसी एसिया बैंक ५ करोड ५५ लाख ९१ हजार २०१ र सानिमा बैंक ४ करोड ६५ लाख ७६ हजार ४६९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार राप्ती हाइड्रोको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

जीवन विकास लघुवित्त ९.१५, उपकार लघुवित्त ७.४२, हिमालयन डिस्टिलरी ५.३१, वीन नेपाल लघुवित्त पाँच र समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.९६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय