![](http://arthikpage.com/wp-content/uploads/2021/03/coronavirus-india.jpg)
नयाँ दिल्ली – केन्द्रीय स्वास्थ्य मन्त्रालयका मंगलबार भारतभर पछिल्लो २४ घन्टामा डेढ लाखभन्दा नयाँ संक्रमण फेला परेको बताएको छ ।
मन्त्रालयद्वारा जारी गरिएको तथ्यांकअनुसार २४ घन्टामा एक लाख ६१ हजार ७३६ नयाँ संक्रमित फेला परेका छन् । सोही समयमा ८७९ जनाले ज्यान गुमाएका छन् ।Visit Site
यससँगै कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतमा हालसम्म एक करोड ३६ लाख ८९ हजार ४५३ जनामा एक लाख ७१ हजार ५८ रहेका छन् । हाल भारतभरमा १२ लाख ६४ हजार ६९८ सक्रिय सक्रमित रहेका छन् ।
भारतको महाराष्ट्र राज्य कोरोना सबभन्दा बढी मारमा परेको राज्य हो । उक्त राज्यामा २४ घन्टामा २५८ जनाले ज्यान गुमाएका छन् ।