काठमाडौं– नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । उनीहरुसँग नेपाल आएका अन्य ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने संक्रमण देखिएको छैन ।
दुवै जनाले कोरोना भाइरसविरूद्धको पूर्ण खोप पनि लगाएका थिए र दुवै जनामा गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको जनाएको छ । मन्त्रालयले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।









