काठमाडौं– घोडे जात्राको अवसरमा धर्मस्थली जात्रामा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । आज आइतबार साँझ ४ बजेदेखि सांगीतिक एवं विभिन्न कार्यक्रम आयोजना हुन लागेको हो ।

कार्यक्रममा सांगीतिक प्रस्तुति दिनका सबिन राई धर्मस्थली बजार आउने बताइएको छ । कार्यक्रममा सबिन राईसँगै विनोद ढकाल, हिमेश पन्त, रिया लामा, शिवानी विश्वकर्मा लगायत स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।

धर्मस्थली जात्राको संरक्षण र प्रवर्धन गर्न हरेक वर्षको घोडेजात्रामा धर्मस्थली बजारमा सांगीतिक कार्यक्रम हुने कार्यक्रमका संयोजक सुमन महर्जनले जानकारी दिए । धर्मस्थली क्षेत्रको कला, संस्कृति, भेषभूषा, रीतिरिवाजलाई संरक्षण गर्न यस्ता मेलाले सहयोग पुग्ने कार्यक्रम संयोजक महर्जनले बताए ।

कार्यक्रमको चौथौ दिनमा आयोजकले विभिन्न कार्यक्रम गरेर जात्रा मनाउन लागेको हो । संयोजक महर्जनका अनुसार जात्रामा स्थानीयले आफ्नो कला, संस्कृतिको समेत प्रदर्शन गर्नेछन् ।

युवालाई आफ्नो संस्कृतिबारे जानकारी दिएमात्रै यस्ता जात्राको संरक्षण गर्न सकिने संयोजक महर्जनको भनाइ छ । १३ वर्षदेखि धर्मस्थली युवा समूहले सांगीतिक कार्यक्रम गर्दै आए तापनि यसपटक धर्मस्थली युवा समूहले युवा नेतृत्व धमाथु युवा क्लबलाई आयोजकको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय