काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव ९५ अंकले घटेर २ हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको छ ।
आज ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर १ लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ ० दशमलव १३, वित्त समूह ० दशमलव ५८, लगानी ० दशमलव ०९, उत्पादन तथा प्रशोधन ० दशमलव २५ र निर्जीवन बीमा ० दशमलव ३८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
विकास बैंक ० दशमलव २७, होटल तथा पर्यटन २ दशमलव ३६, जलविद्युत् ० दशमलव ०६, जीवन बीमा ० दशमलव २५, लघुवित्त ० दशमलव १५, म्युचुअल फन्ड ० दशमलव ४०, व्यापार १ दशमलव १० र अन्य समूह ० दशमलव ०३ प्रतिशतले घटेको छ ।









