काठमाडौं– चालु वर्षको अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल आएका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एसियाबाट २९ हजार ६०, एसियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट ८ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कुल ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल आएका छन् ।

अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ जना नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

यसैगरी, श्रीलंकाबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बंगलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय