बागलुङ– यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको छ ।

सहकारीको १४औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान बिहीबार प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । सपुतलाई नगद २५ हजार राशिसहित समारोहका प्रमुख अतिथि निर्वतमान संघीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गरे ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सुपतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष जिसीले जानकारी दिइन् ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’, लगायत गीत लोकप्रिय छन् । उनले चलचित्रमा अभिनय समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय