काठमाडौं– निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व आजबाट अन्जन श्रेष्ठको हातमा पुगेको छ । नेतृत्व ग्रहणअघि सरकारी समाचार संस्था रासससँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए । निजी क्षेत्र र सरकारबीच साझेदारीको अपरिहार्यता औंल्याउँदै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बुधबारदेखि महासंघको अध्यक्ष बनेका हुन् । महासंघको विधानमा रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनले कार्यभार सम्हालेका हुन् ।

अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासंघमा आबद्ध छन् । उनी व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय