काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन् ।

नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाएका थिए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो ।

उक्त छलफलपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्नेरगराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ ।

क्यानका महानिर्देशक मुकेश डंगोलका अनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्रीवितरण गर्ने र सो भाडादरबारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय