काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा ‘डेटा सेन्टर’मा लगानी गर्न आग्रह गरेका छन् ।

युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’मा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा थानी बिन अहमद अल जेउदीसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।

पूर्वअध्यक्ष ढकालको निजी सचिवालयका अनुसार उनीहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो ।

फ्लाई दुबईले युएईबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकामा त्यसको प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि प्रयास गर्न अनुरोध उनले गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय