काठमाडौं– सरकारले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले कात्तिक २७ गतेको मितिमा एक सूचना प्रकाशित गरी सार्वजनिक बिदा हुने जानकारी दिएको हो । आइतबार छठ पर्वको बिदा छ ।
मन्त्रालयको सूचनामा सोमबार पनि छठ पर्वको बिदा दिएको उल्लेख छ । छठ पर्वमा पहिले अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।
छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
सरकारी निकायमा धेरै बिदा हुँदा सर्वसाधारण सेवाग्राहीले सास्ती पाएको चर्चाबीच सरकारले छठ पर्वमा थप सार्वजनिक बिदा दिएको छ ।










