काठमाडौं– शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० र तेजाबी सुन प्रतितोला ९० हजारमा कारोकार भइरहेको छ । अघिल्लो दिन बिहीबार पनि सुन यहि मूल्यमा कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३०० मा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २९५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय