काठमाडौं– आइतबार नेपाली बजारमा सुनचाँदी मूल्य समान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार यस दिन सुन तोलामा २०० ले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० मा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० र तेजाबी सुन प्रतितोला ९० हजार मा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३०५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३०० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय