काठमाडौं– राजधानीमा भोलि मंगलबारदेखि सार्वजनिक यातायातका साधन चल्ने भएका छन् । सोमबार विहान सम्पन्न उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले असार १५ देखि जोरबिजोरका आधारमा २५ वा सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायातका साधन चलाउन दिने निर्णय गरेको भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

२५ भन्दा कम सिट क्षमताका सवारी साधन भने चल्न पाउने छैनन् । २५ वा सोभन्दा बढी सिट क्षमताका यात्रुबाहक साधन भने दुरी कायम हुने गरी यात्रु राखेर चलाउन पाइने छ ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खाद्यान्न र अन्य उपभोग्य वस्तुका पसल विहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णयसमेत गरेको छ ।

स्थानीय प्रशासनले कोरोना भाइरसको दोस्रो लहरको संक्रमण रोक्न वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । असार ७ गतेदेखि भने निषेधाज्ञा खुकुलो गर्दै जोर बिरोर प्रणालीका आधारमा निजी सवारी साधन र भाडाका ट्याक्सी चल्न दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय