काठमाडौं– बिहीबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ८०० ले र चँदी तोलामा २० रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० मा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार २९० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय