काठमाडौं– एनआइबिएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेसनल नेपाल प्रालिबीच एनआइबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डको कर्पोरेट पे रोल एसआइपी अन्तर्गत व्यवस्थित लगानी योजनाको लागि सम्झौता भएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा प्रवर्द्धित एनआइबिएल म्युचुअल फन्ड अन्तर्गतका योजनाको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको र नेपालमा केएफसी, पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्रान्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेसनलका कर्मचारीले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआइबिएल सहभागिता फन्डमा व्यवस्थित लगानी योजना अन्तर्गत लगानी गर्ने बताइएको छ ।

सम्झौतामा देवयानी इन्टरनेसनलका नायब महाप्रबन्धक रितुराज शाह र एनआइबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय