काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ५०० ले बढेको हो ।
यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ३०० र तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी अघिल्ले दिनकै मूल्य प्रतितोला एक हजार ३१० मा कारोबार भएको थियो ।









