काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार उक्त आवेदनबाट दुई करोड १२ लाख ७० हजार ३० कित्ता सेयर माग भएको छ । यो सर्वसाधारणका छुट्ट्याइएको संख्याभन्दा ५८.५१ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।

बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओ यही असार २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । तीन करोड ८९ लाख बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिए ।

उनका अनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला भएको छ । तीमध्ये जारी पुँजीको ०.५ प्रतिशत (१९ हजार ४५० कित्ता सेयर) सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ ।

बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो सेयर एप (सफ्टवेयर) मार्फतसमेत आइपिओमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय