काठमाडौं– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २०० ले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार मा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० र तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३२५ मा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३१० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय