काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, मट्टीतेल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी ती इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले बढेको छ ।

खाना पकाउने ग्यासको मूल्य बने प्रति सिलिन्डर २५ रुपैयाँ बढेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोललाई लिटरको १२९ रुपैयाँ, डिजेल र मट्टीतेललाई लिटरको ११२ रुपैयाँ र खाना पकाउने ग्यास सिलिन्डरको १४२५ रुपैयाँ तिर्नुपर्नेछ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय