काठमाडौं– नेपालमा बाइक प्रयोगकर्ताको संख्या दिनानु दिन बढ्दै गएको तथ्यांकले देखाएको छ । राजधानीको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना १० हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ ।

पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धि भएसँगै उक्त कार्यालयमा दर्ताको चाप बढेको हो । काठमाडौं उपत्यका बाहिर करिब हजारको संख्यामा दुईपांग्रे सवारी साधन दर्ता हुने गरेको कार्यालय प्रमुख दीपककुमार पोखरेलले जानकारी दिए ।

अहिले १२९ लटमा मोटरसाइकल दर्ता भइरहेका छन् । कार्यालयमा मोटरसाइकलको नवीकरण, कर तथा राजस्व बुझाउने, किनबेच हुँदा नामसारी हुने गर्दछ ।

जनशक्तिको कमी रहेकाले उक्त कार्यालयमा सेवाग्राहीले छिटोछरितो सेवा प्राप्त गर्न समय पर्खनुपर्ने बाध्यता छ । ४० लट मोटरसाइकल दर्ता हुँदा ५५ कर्मचारी रहेकामा अहिले तीन गुणा बढी कामको चाप बढ्दा पनि कर्मचारी थप हुन नसकेको कार्यालयले जनाएको छ । करारमा १९ कर्मचारी थप गरिएको छ ।

सेवाग्राहीको भीडले फाइल थुप्रिने र कर्मचारी कम हुँदा कार्यसम्पादनमा केही समस्या भएको कर्मचारी मुक्तिनाथ भट्ट बताउँछन् । दैनिक ६० देखि ७० लाख राजस्व संकलन गर्ने उक्त कार्यालयले चार भवन भाडामा लिएर दैनिक कार्य सञ्चालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय