काठमाडौं– अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौंमा सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना महामारीबीच निस्केको एक प्लेटफर्म हो ।

भौतिक रुपमा मानिसहरु रेस्टुरेन्टमा उपस्थिति हुन नसक्ने अवस्थामा चाहेको खानेकुरा सजिलैसँग घरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले भने, ‘हामीले पहिलो चरणमा देशको राजधानी काठमाडौंमा सेवा सुरु गरेका छौं । गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य हाम्रो छ ।’

लस्कर फुड्सको प्रमुख उद्देश्य ग्राहकले तोकेको समयभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं सहरका व्यक्तिहरु व्यस्त हुने गरेको र अनलाइन इ–कमर्स, फुड डेलिभरीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको पाइन्छ । यही कार्यव्यस्त जिन्दगीलाई मध्यनजर गर्दै घरघरमा गुणस्तरीय खानेकुरा पुर्याएर आम ग्राहकलाई सहज, सरल तरिकाले लस्कर फुड्सले डेलिभरी गर्नेमा विश्वस्त छन् प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती ।

बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तीबाट भिन्न रहेको ओस्तीले जानकारी दिए । लस्कर फुड्सको काठमाडौंको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रका आधार मापन गरी सञ्चालन भइरहेको ओस्तीले जानकारी दिए । लस्कर फुड्स गत हप्तादेखि मात्रै सञ्चालनमा आएको र सयौंभन्दा बढी ग्राहकले मन पराइसकेको ओस्तीको भनाइ छ ।

लस्कर फुड्स प्रयोग गर्दा ग्राहकले विभिन्न अफर पाउने छन् । सुरुआती चरणमा लस्कर फुड्सले खाना पुरयाएको डेलिभरी चार्ज नलिने र दुईमा एक फ्री बिर्यानी योजना अघि सारेको छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिए ।

ठमेल पकनाजोलमा रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड एपबाट आफूलाई मनपर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत ओस्ती बताउँछन् । कार्यालयको सम्पर्क नम्बर ९८२४११६९२६, ९८०१३०६९२६ रहेको छ । अधिकांश ग्राहकको रोजाइमा मःमः र पिज्जा, चाउमिन पर्ने गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय