काठमाडौं– सरकारले सार्वजनिक यातायातका साधनमा कार्यरत चालक र सहचालकलाई भोलि (असार २९ गते) बाटै कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गरी असार २९ बाट नयाँ चरणको खोप अभियान सुरु हुने जानकारी दिएको छ । यस अभियानमा सार्वजनिक यातायातका साधनमा कार्यरत चालक र सहचालकलाई समेटेको हो । सार्वजनिक यातायात व्यवसायी र मजदुर युनियनहरुले सर्वसाधारणको सेवामा खटिने ती साधनका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिन माग गर्दै आएका थिए ।

सार्वजनिक यातायात व्यवसायी र मजदुर युनियनहरुले सर्वसाधारणको सेवामा खटिने ती साधनका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिन माग गर्दै आएका थिए ।

उनीहरुलाई चीनमा निर्मित भेरोसेल खोप दिने सरकारको तयारी छ । सरकारले चीनको भेरोसेल र कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आइपुगेलगत्तै ७७ वटै जिल्लामा खोप अभियान थप खोप अभियान सुरु गर्न लागेको हो ।

मन्त्रालयका अनुसार चीनबाट आएको भेरोसेल खोप ५५ वर्षभन्दा माथि उमेर समूहका पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकलाई दिइनेछ । त्यसैगरी, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपालीलाई लगाइने छ ।

एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेरसमूहका कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नागरिकलाई दिइनेछ । पूर्ण र अति अशक्त अपांगता वर्ग क र खका नागरिकलाई पनि अमेरिकी खोप दिने योजना छ । नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई पनि अमेरिकी खोप दिइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय