काठमाडौं– लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।

सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएको हो । पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार कामदार लैजान आवेदन माग गरेको छ । सूचनामा ३०० पुरुष र ७०० महिला कामदारले रोजगारीको अवसर पाउने र तिनका लागि मासिक तलब ५३०० एनआइएस (एक लाख ९३ हजार रुपैयाँ) तोकिएको र तलब सातामा ४२ घन्टाको हिसाबमा प्रदान गरिने जनाइएको छ । सरकारले गत वर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५०० कामदार पठाउने समझदारी गरेको थियो ।

इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध गराउने भएको छ । रोजगारमा जाने करार अवधि एक वर्षको हुने भए पनि करार थपेर पाँच वर्षसम्म बस्न पाइने जाइएको छ ।

आवेदनको मापदण्ड
रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

आवेदकको उचाइ कम्तीमा १.५ मिटर र ४५ किलो तौल भएको भएको हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी तालिम लिएको हुनुपर्ने वा १० जोड दुई सरह उत्तीर्ण गरी मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिने तालिम लिएको हुनुपर्ने जनाइएको छ ।

आवेदन दिनेहरु विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय