काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३०० ले बढेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९२ हजार १०० र तेजावी सुन ९१ हजार ६०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन तोलामा ३०० ले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ८०० र तेजावी सुन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार २५५ मा कारोबार भइरहेको छ । चाँदी मंगलबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय