काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा तीन हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार ५१९ को परीक्षण गर्दा तीन हजार १०६ नमुनामा संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा कुल संक्रमित संख्या सात लाख ५६ हजार ७३९ पुगेको छ । पछिल्लो २४ घन्टामा राजधानी उपत्यकामा ७७५ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना नयाँ संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमण दर १९.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधमिा एक हजार ९१६ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

यस अवधिमा २३ जना कोरोना संक्रमितको निधन भएको छ । अब कुल मृत्य संख्या नौ हजार ८५७ जना पुगेको छ । प्रति १० लाखमा ३३२.२ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १२ पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेतमा पाँच सयभन्दा बढी संक्रमित छन् । यस्तै २०० भन्दा बढी संमित भएका जिल्ला २१ पुगेका छन् ।

अहिले सघन उपचार कक्ष (आइसियू)मा ७०६, भेन्टिलेटरमा १६६, होम आइसोलेसनमा २८ हजार २५४ र संस्थागत आइसोलेसनमा तीन हजार १०१ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय