काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले फोटोन ब्रान्डका कमर्सियल गाडी खरिदमा कर्जा दिने भएको छ । उक्त गाडी किन्न इच्छुकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले एमएलब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकले फोटोन ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई अधिकतम आठ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले एक सय तीन शाखाबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय