काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २५ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पिसिआर विधिबाट २१ सय ३७ र एन्टिजेन विधिबाट ४११ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ९ हजार ३३ जनाले पिसिआर ३३ सय ४५ जनाले एन्टिजेन परीक्षण गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९३ पुगेको छ ।

यस अवधिमा २ हजार २९ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ६९ हजार २ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

अहिले देशभर ३५ हजार ४ सय ८५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय