काठमाडौं– नेपाल राष्ट्र बैंकले आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । कोरोना संक्रमण दर बढेको भन्दै केन्द्रीय बैंकले आज ४ः१५ मा बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल प्रविधिमार्फत मौद्रिक नीति सार्वजनिक गर्न लागेको बैंकका सह–सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलो भई आज सार्वजनिक गर्न लागिएको हो ।
मौद्रिक नीति सार्वजनिक कार्यक्रम कान्तिपुर टेलिभिजन, सरोकार टिभी र न्युज एजेन्सी नेपालले प्रत्यक्ष प्रसारण गर्ने समेत उनले जानकारी दिए ।









