काठमाडौं– सञ्चार उद्यमी महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ । राजधानी न्युज पब्लिकेसनका अध्यक्ष महेन्द्र शेरचनको नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको समाचार राजधानी दैनिकको अनलाइन संस्करणमा छ ।

राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष समेत हुन् । अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका थिए ।

संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत थिए । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । बिहीबार दिउँसो ११ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा शेरचनको अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय