काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३०० ले घटेको हो ।
बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० मा र तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा ५०० ले बढेर प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २१० मा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २०० मा कारोबार भएको थियो ।









