काठमाडौं– ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।
७८ वर्षीय टुहरेको काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । उनी संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गरेका छन् । प्रधानमन्त्रीले स्वर्गीय टुहरेको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।









