काठमाडौं– नेपालमा कोरोना संक्रमण दरमा उल्लेख कमी आएको देखिएको छ । पछिल्लो २४ घन्टामा थप १३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
७ हजार २ सय ५९ नमूनाको पिसिआर परीक्षण गर्दा १२ सय १४ जना र ३ हजार ३८ नमूनाको एन्टिजेन परीक्षण गर्दा १७४ गरी १३ हजार ८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
पिसिआर परीक्षण भएका नमूनामध्ये १७ प्रतिशत मात्रै कोरोना पोजेटिभ देखिएपछि संक्रमण दर घटेको हो । वैशाख अन्तिम र जेठको सुरुतिर संकलित नमूनाको आधामा कोरोना संक्रमण देखिन्थ्यो ।
त्यसैगरी पछिल्लो २४ घन्टामा २४ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।









