काठमाडौं– वाग्मती प्रदेशमा भदौ २० गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु हुने भएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै रोकिएको परीक्षा पुनः सुरु गर्न लागिएको हो ।

उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमतिपत्र कार्यालयले सार्वजनिक सूचना जारी गरेर भदौ २० गतेदेखि लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा लिने जानकारी गराएका छन् ।

यातायात व्यवस्था विभागले भदौ १० गते स्वीकृत गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार लिखित र ट्रायल हुने बताइएको छ ।

कार्यालयले पहिलो चरणमा प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीलाई बोलाएको छ । लिखित परीक्षा दिई ट्रायलमा सहभागी परीक्षार्थी र प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः सहभागी हुने बाँकी परीक्षार्थी र कार्यालयमा उपस्थित भई वर्ग थप्न राजस्व बुझाइसकेका सेवाग्राहीलाई मात्रै पहिलो चरणमा सहभागी हुन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय